काठमाडा‌ैं – गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडानम्बर–२ मा सोमबार नबिना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।


ADVERTISEMENT


गृहमन्त्री खाँणको मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।


ADVERTISEMENT

# # #


समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

बर्दियामा घाइते बाघको नियन्त्रणको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नविना थारूको मृत्यु भएको थियो ।