काठमाडौं  – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान बनाउन नेतृत्व गरेको दललाई नै कार्यान्वयनको पनि जिम्मेवारी दिन मतदातासँग अनुरोध गरेका छन् ।


ADVERTISEMENT


कांग्रेस काठमाडौँ क्षेत्र नं ३ ले सोमबार जोरपाटीमा आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेता सिंहले तीन कालखण्डका तीन परिवर्तनको नेतृत्व गरेको काँग्रेस अब समृद्धिको अभियान पूरा गर्न चाहन्छ, यसका लागि अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई बहुमत दिनुस् भने ।


ADVERTISEMENT

# # #


लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ ३ नं क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अम्बिका बस्नेतले देशबाट गरिबी निवारणका लागि कांग्रेसलाई नै बहुमत दिनुपर्ने बताए । “गरिबको पार्टी हौँ भन्ने साम्यवादी दल गरिब घटे संगठनका आधार सकिन्छ भनेर विपन्नको आर्थिक अवस्था सुधार गर्न चाहन्नन्, कांग्रेस सबैलाई न्यूनतम आवश्यकता परिपूर्ति गर्न सक्षम बनाउन चाहन्छ”, सहकारी तथा गरिबी निवारणमन्त्री बस्नेतले भने । रासस