सुनसरी – बाम गठबन्धनबाट सुनसरी क्षेत्र नंं ३ का लागि प्रतिनिधिसभा उम्मेद्वार भगवती चोधरीले उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारको राजनीतिक यात्रा सकिएको दाबी गरेकी छन् ।


ADVERTISEMENT


आज आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले विगत २६ वर्षदेखि यहाँका सोझासाझा जनतामा भ्रमको खेती गरेर राजनीति गरेका विजयकुमार गच्छदारको राजनीतिक यात्रा अब टुङ्गिएको दाबी गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले ‘सुनसरी क्षेत्र नं. ३ का जनताको विकास कहिल्लै पनि द्रुत गतिमा हुन नसक्नुमा नेतृत्व तहको कमजोरीका कारण भएको बताइन् ।

‘हाम्रा नेता ज्यूहरुले यो क्षेत्रका जनताको विकासका लागि कहिल्लै गम्भीर हुनु भएन । २६ वर्षसम्म शासनसत्तामा रहँदा १८ पटक सम्म छानीछानी राम्रा मन्त्रालय रोज्दा समेत विकास र संबृद्धि जनतालाई किन दिन सक्नुभएन रु’ उनले प्रतिष्पर्धी उम्मेद्वारलाई इङ्गित गर्दै प्रश्न गर्दै भनिन् । ‘उहाँले जनताको लागि कुनै सपना नदेखेको भन्दै यदि ‘जनताको लागि राजनीति गरेको भए, यहाँ प्राविधिक शिक्षालय किन खोलिएन, यहाँका किसानका लागि कुनै आधुनिक कृषि प्रणाली किन ल्याउन सक्नुभएन ?’

प्रत्यासी उम्मेद्वार गच्छदारले पैसा र पदका आधारमा मात्र चुनाव जितेको भन्दै अब त्यस्तो सहज परिस्थिति नआउने दावि गर्दै जनताले सहि नेता र सहि पार्टी छुट्टयाई सकेको जिकिर गरिन् । ‘विगतको चुनाव जस्तो अहिले छैन, जनता परिवर्तनको पक्षमा छन्, जनता बाम गठबन्धनका पक्षमा छन् ।’ उनले भनिन्