गन्यापधुरा–प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनमाथि कडा आरोप लगाएका छन् । गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएका विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली जनताले सात दशकदेखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेकोे समावेशी संविधान खारेज गर्न बाम गठबन्धन भएको बताए ।


ADVERTISEMENT


प्रतिनिधि तथा प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारको क्रममा गृहजिल्ला डडेल्धुरा आइपुगेका देउवाले जिल्लाको गाङखेत, नवदुर्गा २ बडम, गन्यापधुरा ३ सकायल, वडा नं। २ बुडालका चुनावी आमसभालाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री देउवाले एमाले र माओवादीले अहिलेको संविधान च्यातेर निरंकुश शासन चलाउने संविधान बनाउने नियत राखेको आरोप समेत लगाए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले सबै समुदायको अधिकार र समृद्धिका लागि बनेको संविधानलाई संशोधन गरेर एकदलीय सत्ता सञ्चालन गर्ने कम्युनिष्टहरुको रणनीतिलाई विफल पार्न यो निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन मतदातालाई अपिल समेत गरे ।

सुदूरपश्चिमको विकासका लागि पश्चिममा रहेको पञ्चेश्वर र पूर्वमा कर्णाली तथा मध्यभागमा रहेको पश्चिम सेती निर्माण गर्नै प्रकृया अन्तिम चरणमा रहेकोले यस क्षेत्रको बेरोजगारीलाई ती आयोजनाको निर्माणबाट समाधान गर्न सकिने विश्वास समेत उनले व्यक्त गरे ।