काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको वा नबनेको बारे जानकारी गराउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा रावलले यस विषयमा सदनमार्फत जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन् । १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग भएको पत्र प्राप्त नभएको उनको भनाई छ । त्यस्तै उनले बजेटमा रहेका विषयहरुको कार्यान्वयनको आधार नभएको तर्क गरे ।


ADVERTISEMENT

# # #


रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे । उनले काठमाडौंको फोहर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउछौ भनेर जनतालाई भ्रमामा राख्न खोजेको बताए ।

रावलले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सरकार डराएको टिप्पणी गरे । कालापानी, लिपुलेक, लिम्पीयाधुरामा नेपाली भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बस्नु आश्चर्यजनक भएको उनको भनाई छ ।