काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग-२ को अमेरिका सिरिजमा ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


अमेरिकाको पियरल्याण्ड टेक्सासस्थित मुसा क्रिकेट मैदानमा क्रिकेट मैदानमा ओमानले टस जितेर नेपाललाई पहिलो बलिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार राती ९ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनका लागि पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब रहेको हो तर नेपाललाई सबै खेल जित्न त्यति सहज भने छैन ।

विश्वकप लिग दुईमा नेपालले यसअघि खेलको १२ खेलमा १२ अङ्क जोडेको छ । नेपालले छ खेलमा जित तथा छ खेलमा हार बेहोर्दै १२ अङ्क जोडेको हो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यता ओमनले भने ४० अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । ओमानले ३३ खेलमा १९ मा जित, १२ मा हार तथा एक खेल खेलमा बराबरीको नतिजा ल्याएको छ । लिगमा रहेका सात टोलीमध्ये सबैभन्दा कम खेल खेलेको पनि नेपाल नै हो ।

नेपालको अन्तिम ११:
सुनिल धमला, सुवास खकुरेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र सुसन भारी ।