काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट वार्ता गरेका छन् । प्रधानमन्त्री देउवाकै बोलावटमा मेयर बालेन बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटमा प्रधानमन्त्री देउवाले बालेनसँग काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका थिए । उनले बञ्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न सुझाव दिएका छन् ।


ADVERTISEMENT

# # #


साथै प्रधानमन्त्री देउवाले बालेनलाई फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएका छन् ।

काठमाडौँको फोहार व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलका वासिन्दा पछिल्लो समय आन्दोलित भएपछि काठमाडौँको फोहोर उठ्न सकेको छैन । काठमाडौँको फोहोर व्यवस्थापनका लागि बालेन निरन्तर लागिरेका छन् ।

मेयरमा निर्वाचित भइसकेपछि बालेनले दोस्रो पटक प्रधानमन्त्री देउवालाई भेटेका हुन् । यसअघि जेठ १८ गते बालेनले प्रधानमन्त्री देउवालाई भेटेका थिए ।