काठमाडौँ– इन्धनको मोलसंगै सार्वजनिक यातायातको भाडामा पनि पुनः मुल्यवृद्वि भएको छ । नेपाल आयल निगमले बिहिवार रातीदेखि लागु हुने गरी इन्धनको नयाँ मुल्य कायम गरेसंगै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको मुल्यवृद्वि गर्ने निर्णय गरेको हो ।
विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जानकारी दिएको छ । जसमा तत्कालका लागि यात्रु बाहकको २.५ प्रतिशतले भाडावृद्वि भएको उल्लेख छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ ।
इन्धनको मूल्य थपघटका आधारमा भाडा समायोजन गर्दै आएको विभागले यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।