काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले काठमाडौँको फोहोर व्यवस्थावपन हुँदै आएको सिसडोल–बञ्चरेडाँडाको मुआब्जाका लागि बजेट छुट्याउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सहरी विकास मन्त्रालयको आयोजनामा सिसडोलवासीसँगको छलफलका क्रममा बोल्दै महामन्त्री थापाले यसै आर्थिक वर्षको बजेटमा जग्गा अधिग्रहणका लागि बजेट छुट्टाउनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामीले भन्दै आएका छाँ, हामी बजेट पारित गर्ने चरणमा छौँ । जग्गा अधिग्रहणकै लागि ४ अर्ब, ५ अर्ब कति लाग्ने हो, यही आर्थिक वर्षभित्र छ्ट्याइदिउँ । त्यसले एउटा विश्वासको वातावरण तयार गर्छ ।’ उनले काठमाडौँ उपत्यकामा गर्ने भनिएका पूर्वाधारका कामहरु यस वर्ष रोकेर भए पनि जग्गा अधिग्रहण गरिनुपर्ने तर्क गरे ।

उनले स्थानीयवासीसंग भएको सम्झौता कार्यान्वयन नहुँदा विश्वसको संकट पैदा भएकाले अब दिर्घकालीन रुपमा नै समस्याको समाधान गर्नुपर्ने उल्लेख गरे ।