काठमाडौँ– नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले इण्डोनेसियाका राजदूतसंग भेट गरेका छन् । शर्माले नेपालका लागि इण्डोनेसियाका गैर–आवासीय राजदूत हेरु हार्टानो सुबोलोसंग शुकवार जङ्गी अड्डास्थित आफ्नै कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


उक्त वार्तामा दुई पक्षबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास गरिएको छ ।


ADVERTISEMENT

# # #