काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


एमसीसीका नाममा अमेरिकी सम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै नेकपाले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


प्रदर्शनमा सहभागीहरुले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगाएतका नारा लगाएका थिए । त्यस्तै उनीहरुले भ्रष्टाचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल विउ नपाएर तड्पीनुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरेका छन् ।

नेकपाले जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र घेराउ गर्ने जनाएको छ भने चर्को महङ्गी र भाडावृद्धि विरुद्ध असार ५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने जनाएको छ ।