काठमाडौँ – आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ ।


ADVERTISEMENT


हिजो (बिहीबार) बेलुका ७ बजेदेखि आज (शुक्रबार) बिहान १ बजेसम्म महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग प्रभावित क्षेत्रका वडाध्यक्षहरुसँग भएको सहमतिअनुसार आजैबाट फोहोर ढुवानी र अन्तिम व्यवस्थापन कार्य भएको हो ।


ADVERTISEMENT

# # #


आज १५३ ट्रक फोहोर व्यवस्थापन भयो । साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्छन्, ‘आज सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको छ । स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन । भोलिदेखि तालिकाबद्ध र पूर्ववत् काम गर्ने वातावरण बनेको छ ।’