काठमाण्डौं-निर्वाचनका बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई गृहमन्त्रालय तानिएको छ । प्रशासन कार्यालय स्रोतका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महत्त्वपूर्ण समयमा जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ गर्न नसकेको भन्दै मन्त्रालय तानिएको हो ।


ADVERTISEMENT


श्रेष्ठको ठाउँमा गृह मन्त्रालयबाट प्रदीपराज कँडेल आउने भएका छन् । श्रेष्ठ करिब ६ महिनाअघि सरुवा भई उदयपुर आएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा उदयपुरका विभिन्न स्थानमा बम विस्फोटका शृंखलाबद्ध घटना भइरहेको अवस्थामा प्रभावकारी काम गर्न नसकेको भनेर श्रेष्ठको आलोचना भएको छ ।


ADVERTISEMENT

# # #


दुई दिनअघि दनुवारबेंसीमा क्षेत्र २ का कांग्रेस प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी विस्फोटमा परेको थियो । विस्फोटमा उनीसहित ७ जना गम्भीर घाइते भएका थिए । घाइतेलाई राजधानी लगेर उपचार गरिँदै छ ।