काठमाडौं – पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् ।


ADVERTISEMENT


संविधानसभा सदस्यसमेत रहेकी मिथिला नेकपा (संयुक्त) को सांसद रहेको बेला देउवा नेतृत्वको सरकारमा उनले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।


ADVERTISEMENT

# # #


२०२२ साल चैत ७ गते धनुषा जिल्लाको जनकपुर न पा–८ जन्म भए पनि उनी सप्तरी जिल्लाको राजविराज न पा–८ की स्थायी बासोबास गर्दै आएकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।