काठमाडौं – विश्व वातावरण दिवस को कार्यकार्यक्रम सप्ताह अन्तर्गत धरान जेसीजद्वारा धरान उपमहानगरपालिकाको आयोजनामा धरानमा रहेका विभिन्न संघ संस्थाहरु सङ सहकार्य गर्दै सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।


ADVERTISEMENT


कार्यक्रममा धरान उप महानगरपालिका को नगर प्रमुख  हर्कराज राई , उप प्रमुख आईन्द्र बिक्रम बेघा , वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, धरान जेसिजका अध्यक्ष  प्रतीक श्रेष्ठ लगायत रोटरी क्लब धरान , लायन्स क्लब धरान, साईकल धरान, सेवक अभियान , सहयोगी युवा समाज, प्लान्ट रिसर्च सेन्टर, धरान नगर प्रहरी, विभिन्न स्कुल का प्रतिनिधिहरुको सक्रिय सभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा धरान नगर प्रमुखले वतावरण संरक्षण मा धरान नगरपालिकाका विभिन्न क्लबहरुको योगदानको उच्च मूल्याकंन गरे । कार्यक्रम मा २०० भन्दा बढी बिरुवा रोपिएको थियो ।