काठमाण्डौं-यमनको राजधानी सनामा हुथी विद्रोहीले गरेको आक्रमणमा पुर्वराष्ट्रपति अलि अब्दुल्लाह सलेहको मृत्युु भएको छ ।


ADVERTISEMENT


राजधानी सनामा भएको आक्रमणमा सलेहको मृत्यु भएको हुथीले नेतृत्व गरेको संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यद्यपी, घटनाको बारेमा आधिकारीक पुष्टि भएको छैन ।


ADVERTISEMENT

# # #


सामाजिक संजालमा भने सलेहको शवको तस्बिर राखिएको छ । सलेहको पार्टीले भने आम नागरिक १ सय २५ जनाको मृत्यु भएपनि सलेहको मृत्यु नभएको दाबी गरेको अन्तर्राष्ट्रिय रेडक्रस कमिटिलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यसअघि,हुथी विद्रोहीले सलेहको घरलाई लक्षित गरी आक्रमण गरेको थिए । त्यसलगत्तै साउदी नेतृत्वको गठबन्धनले आक्रमण सुरु गरेको थियो ।