काठमाडौँ – खेलकुद मन्त्रालयले निर्माणाधीन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट विनियोजन गर्ने जनाएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाको मंगलबारको बैठकमा खेलकुद मन्त्रालयमाथिको विनियोजित बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री देवेन्द्र पौडेलले एक स्थानीय तह एक पूर्वाधार निर्माण गर्ने अवधारण अनुसार निर्माणाधीन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालीकामा नै बजेट जाने प्रस्ताव गरिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि कार्यविधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी स्थानीय तहबाट नै उपयुक्त स्थानको छनोट गरी पूर्वाधार निर्माणका लागि प्रस्ताव माग गरिएको र सोहि प्रस्तावका आधारमा मापदण्ड पुगेका स्थानीय तहहरुलाई बजेट विनिाियेजन गरिएको समेत बताए । त्यस्तै उनले खेलकुद र खेलाडीहरुको विकास विद्यालय तहबाट नै विकास गर्नका लागि विद्यालयहरुलाई खेलकुल उद्यमस्थलका रुपमा विकास गर्न यसै आर्थिक वर्षबाट एक विद्यालय एक खेल मैदान प्रस्ताव गरिएको जाानकारी दिए ।

उनले निर्माणधीन पूर्वाधारणलाई प्राथमिकतामा राखिएको र नयाँ पूर्वाधारलाई पनि अघि बढाउने दाबी गरे । जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा ढोरपाटन हाइ अल्टिच्युड टे«ेनिङ सेन्टर, मदन भण्डारी रंगशाला लगाएत केही आयोजनाहरुमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन हुन नसकेको मन्त्री पौडेलको भनाई छ ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराज बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा रुस प्रस्थान गरेपछि शिक्षा मन्त्री पौडेलले उक्त मन्त्रालयका बारेमा उठेका प्रश्नको जवाफ दिएका हुन् ।