काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी वर्षमा सरकारले स्वास्थ्य क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने जनाएको छ । ‘विश्व रक्तदाता दिवस’ का अवसरमा ब्लड डोनर्स एशोसियसन अफ नेपालद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


मन्त्री खतिवडाले रगत अभाव हुन नदिन ब्लड डोनर्स एशोसियसनले खेलेको भूमिको प्रशंसा गर्दै भने, ‘आगामी आर्थिक बर्ष स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले ध्यान केन्द्रीत गनेछ ।’ यसका लागि सरकारले सम्पूर्ण नागरिकहरुलाई १२/१३ थरिका नसर्नै रोगका परिक्षण निःशुल्क गर्ने तयारी थालेको भन्दै उनले भने, ‘ यस्तै, महिलाहरुमा धेरै देखिएको पाठेघरको क्यान्सर हुन नदिन निशुल्क खोपको व्यवस्थाका लागि हामीले बजेटसमेत विनियोजन गरेका छौँ ।


ADVERTISEMENT

# # #


यस्तै, जेष्ठ नागरिकलाई भत्ताउपलब्ध गराएर मात्रै नहुने भन्दै उनले सो समूह लक्षित विशेष अस्पताल निर्माणको तयारी भइरहेको भन्दै सम्पूर्ण बिरामी विवरण डिजिटाइज गर्न लागिएको जानकारी दिए ।

प्रत्येक वर्ष मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी यस दिवस मनाइएको छ ।

दिवसका अवसरमा ब्लड डोनर्स एशोसियसन अफ नेपालले काठमाडौँमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो । जसमा यस क्षेत्रमा योगदान पु र्‍याउने विभिन्न व्यक्तिहरु सम्मानित समेत भएका छन् ।