काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवा सुरु गरेको छ।


ADVERTISEMENT


व्यास नगरपालिका वडा नं ३ स्थित दमौलीमा एक औपचारिक कार्यक्रमकाबिच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले सो सेवाको सुरुवात गरेका हुन्।


ADVERTISEMENT

# # #


तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढी थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भइरहेको छ।

कार्यक्रममा तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष शाहीले सो समितिद्वारा सञ्चालित पसलहरुमा क्यूआर कोड सुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर ब्यवसायीहरुलाई सहयोग गरेकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे।

साथै, बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरुलाई व्यवसाय विस्तारमा बैंकले सहयोग गर्ने अपेक्षा उक्त समितिले लिएको जानकारी दिए।

उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधै प्रतिबद्ध रहेको जानकारी दिए।

साथै, स्थानीयस्तरका व्यवसायी समितिहरु सँगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिए।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।