काठमाडौँ– प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले असम्बन्धीत व्यक्तिलामन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लगाएको एमालेले सदनमा अर्थमन्त्रीको जवाफ नसुन्ने भन्दै बैठक बहिष्कार गरेको हो ।


ADVERTISEMENT


बिहीबारको बैठकमा अर्थमन्त्री शर्माले आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदैँ उनले करको दर छलफल गरेरै निर्धारण गरेको बताए । राजस्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रकृयाहरु रहेको र त्यसमा सम्बन्धित विभागिय प्रमुखहरु र सचिवहरु सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन समेत रहेको उनले प्रस्ट्याए ।


ADVERTISEMENT

# # #


एमालेको अवरोधबीच जवाफ दिएका अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा राष्ट्रघात भएको भए त्यसको जिम्मा आफुले लिने धारणा व्यक्त गरे । बैठकमा अर्थमन्त्रि शर्माको जवाफ सकिनासाथ एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षको विरोधलाई बेवास्ता गरिएको भन्दै संसद बहिष्कारको घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने सचेतक भट्टराईको भनाई छ । यस्तै, त्यसदिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानबिन समिति गठन नभएको उनको आरोप छ ।

सचेतक भट्टराईले सभामुख अग्निप्रसाद सापकोटामाथि पनि संसदीय मर्यादा कायम गर्न नसकेको आरोप लगाएका छन् ।