काठमाडौँ– ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवी लामिछाने संसदिय चुनावको उम्मेदवारमा भिड्ने भएका छन् । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट जनताका लोकप्रिय बनेका सञ्चारकर्मी लामिछानेले आगामी संसदिय चुनावमा काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा संघीय निर्वाचन लड्ने तयारी थालेका हुन् ।


ADVERTISEMENT


यसका लागि उनले हाल कार्यरत ग्यालेक्सीबाट समेत आजै बिदा लिएका छन् । लामिछानेलाई टिभीका अध्यक्ष जिवी राईले खादा लगाएर औपचारिक विदाइ गरेका छन् ।


ADVERTISEMENT

# # #


विदाई कार्यक्रममा बोल्दै लामिछानेले अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताए । यद्यपि उनी काठमाडौँको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन ।

ग्यालेक्सीका संस्थापक एवम् प्रस्तोता रहेका रवीले चलाउँदै आएको कार्यक्रम ‘सिधा कुरा जनतासँगको’ अन्तिम एपिसोड आज प्रसारण हुँदैछ ।