काठमाडौँ – काठमाडौं महानगरपालिकाले अब हरेक महिलाको पहिलो आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।


ADVERTISEMENT


आइतबार महानगरको नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन)ले उक्त घोषणा गरेका हुन् । उनले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा खोजीका विषयमा प्रत्यक्ष रुपमा संवाद गर्ने बताए ।


ADVERTISEMENT

# # #


स्वतन्त्र रुपमा निर्वाचन जितेका मेयर शाहले आफ्नो चुनावी घोषणापत्रमा महानगरको कार्यपालिकाका बैठक प्रत्यक्ष प्रशारण गर्ने जनाएका थिए । सोही अनुसार काठमाडौँ महानगरको कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण हुँदै आएको छ ।