काठमाडौं – चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीको नेतृत्वमा ४६ नेपाली चिकित्सक भारतको चण्डीगढ पुगेका छन् ।


ADVERTISEMENT


भारतको चण्डीगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पीजीआई)मा क्षमता अभिवृद्ध तालिममा सहभागी हुन् चिकित्सक संघका पदाधिकारीहरूसहित ४६ चिकित्सक पुगेका हुन् । आजदेखि एकहप्ता चल्ने उक्त तालिममा ४६ चिकित्सक सहभागी हुने छन् ।


ADVERTISEMENT

# # #


नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीका अनुसार एकहप्ते नेतृत्व विकास (लिडरसीप डेभलपमेन्ट) र क्षमता अभिवृद्ध कार्यक्रम ( क्यापासिटी विल्डिङ प्रोग्राम)मा पहिलोपटक ४६ चिकित्सक पीजीआई चण्डीगढ गएका हुन् ।

नेपाल चिकित्सक संघ (एनएमए) र नेपालस्थित भारतीय दूतावासमार्फत पीजीआई चण्डीगढसँग भएको सम्झौता बमोजिम ४६ जना डाक्टर भारत लगिएको अध्यक्ष डा कार्कीले बताए । अर्को लटमा ५० चिकित्सक पठाउने तयारी भइरहेको छ । भारतले एकहप्ते, दुईहप्ते, एक महिने, तीनमहिने विभिन्न खाले तालिम दिन नेपालबाट १५ सय चिकित्सक लानेछ । २५ वर्षदेखि ४५ वर्षसम्मका युवा डाक्टरहरुलाई उक्त तालिममा सहभागी गराइने छ ।

यी हुन् पहिलो लटमा भारत जाने ४६ डाक्टर

 अनिषा जोशी

 अमिर श्रेष्ठ

अनिल विक्रम कार्की

 अनुपमा सुवाल

 अतीत पौडेल

 बद्री रिजाल

 विना श्रेष्ठ

 दिलिप कुमार दिवाकर

 सूर्य प्रसाद रिमाल

 विपेश आचार्य

 विपिन कुमार श्रेष्ठ

विश्वराज दवाडी

 दिपेन्द्र पाण्डे

गम्भीर श्रेष्ठ

हेमन्त विक्रम दाहाल

कृतिपाल सुवेदी

लिजन महर्जन

मिलन चन्द्र खनाल

पार्थ गुरागाईं

पवन कुमार हमाल

पुनम शर्मा

प्रकाश बुढाथोकी

राजेशकुमार यादव

राज्य खड्का

संयुक्त आचार्य

सञ्जीव तिवारी

शान्ता चौहान

शरद बराल

शिवराम श्रीमल

श्रवण कुमार मण्डल

स्मृति मास्के

सुजित भुसाल

जगत दिप

जुली राय

लोचन कार्की

राजकुमार दंगाल

राकेश शाह

रेखा पौडेल

रुपेश कुमार यादव

शैलेश शाह

इन्दु केसी

कुमार रोका

प्रमोद जोशी

युभिन यादव