काठमाडौँ– पेट्रोलियम पदार्थमा मूल्यवृद्वि भएसंगै सार्वजनिक यातायातको भाडा पुनः बढाइएको छ । आइतबार रातिदेखि लागू गरिहुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्वि भएपछि यातायात व्यवस्था विभागले पनि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको शुल्क समायोजन गरेको हो ।


ADVERTISEMENT


जसअनुसार विभागले यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी ७.७ प्रतिशत भाडा वृद्धि गरिएको जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


विभागले इन्धनको मूल्यदर अनुरुप नै सार्वजनिक यातायातको भाडादर समायोजन गर्दै आएको छ । निगमले गएरातिदेखि लागू हुनेगरी डिजेल प्रतिलिटर २७ र पेट्रोल प्रतिलिटर २१ रूपैयाँ बढाएको छ ।

विभागद्वारा कायम गरिएको नयाँ मूल्यसुची