काठमाडौँ – नेपाली महिला क्रिकेट टोली मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार बहराइनलाई ८ विकेटले हराएसँगै लगातार ३ जितसहित नेपाल एक खेल अगावै सेमिफाइन प्रवेश गरेको हो ।


ADVERTISEMENT


मलेसियाको किनरारा आभव मैदानमा वर्षाले अवरुद्ध तेस्रो खेल ७.१ ओभरमा झारिएको थियो । नेपालले टस जितेर पहिले बलिङ गर्दै बहराइनलाई ७.१ ओभरमा १४ रनमै सीमित गर्यो । त्यसक्रममा नेपालले बहराइनका ६ विकेट चट्कायो ।


ADVERTISEMENT

# # #


बहराईनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् भने शशिकाल प्रकाश, कप्तान रसंगिका हेराथ र थरांगा गजानायकेले समान २–२ रन बनाए । नेपालका लागि सवनम राई र कविता कुँवरले समान २–२ विकेट लिए । यस्तै कस्मिना कर्मचार्यका नाममा १ विकेट रह्यो ।

१५ रनको लक्ष्य पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै जित हात पार्यो । त्यसक्रममा सीता राना मगर ४ रनमा आउट हुँदा कविता जोहीले ३ रन बनाइने । उपकप्तान इन्दु बर्मा शून्य रनमै आउट भइन् भने कप्तान रुबिना क्षेत्री शून्य रनमा नटआउट रहिन् ।

नेपालले अब समूह चरणको अन्तिम खेल भोलि हङकङसँग खेल्नेछ । उक्त खेलमा जित हात पारे समूह ‘ए’को विजेताको रुपमा समूहरु ‘बी’को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

समूह ‘बी’ मा मलेसिया, युएई, कतार, ओमान र सिंगापुर रहेका छन् ।