काठमाडौँ – उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरेका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा बोृल्दै मन्त्री बडूले खरिद मूल्य नै बढेकाले उपभोक्त मूल्य पनि बढाउनु परेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै मन्त्री बडू पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैया घटाइएको र त्यो भन्दा बढी घटाउन नसक्ने उनले बताए । उनले पेट्रोलियम पदार्थ खरिद भन्दा बिक्रि मूल्य कम हुदा अझै पनि घाटा नै रहेको बताए । जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यबृद्धि गर्न नदिएको उनको भनाई छ ।

यस्तै उनले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि नीजि क्षेत्रको सहयोग लिइने धारणा राखे।