काठमाडौँ– पर्यटन व्यवसाय आबद्ध तीन दलीय संगठनहरूले पर्यटनमन्त्री प्रेम आलेको बर्खास्त माग गरेका छन् । पछिल्लो समय मन्त्री आलेको अश्लील शब्द तथा गालीगलौजको अर्काे अडियो बाहिरिएसंगै नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आलेलाई बर्खास्तको माग गरेका हुन् ।


ADVERTISEMENT


मन्त्री आलेको सो गतिविधि पदीय मर्यादा र जिम्मेवारीविरुद्ध रहेको ती संगठनहरुको भनाई छ । उनले विगतदेखि वर्तमानसम्म सर्वसाधारणदेखि मातहतका कर्मचारीमाथि असभ्य र अश्लील गाली बेइज्जती र गुण्डागर्दी पदीय मर्यादा र जिम्मेवारीविरुद्ध रहेको भन्दै ती संगठनले आपत्ति जनाएका छन् ।


ADVERTISEMENT

# # #


‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिदै स्वयम् त ईतिहासकै बद्नाम मन्त्री भएकै छन् तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, लुम्बीनी विकास कोषको गुरुयोजनामा आलेले चलखेल हुनसक्ने जनाउँदै वित्रप्तिमा थप लेखिएको छ, ‘लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको व्यवसाय कम्पनीसँग सीधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथि पनि निजी क्षेत्र सशंकित छौं ।’

यसैगरि, ती संगठनहरुले तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्ना केही विवादास्पद अव्यिक्तिकै कारण राजीनमा दिएको घटना समेत विज्ञप्तिमार्फत स्मरण गराएका छन् ।

संगठनहरुद्वारा प्रधानमन्त्रीलार्य लेखिएको विज्ञप्ति ।संगठनहरुद्वारा प्रधानमन्त्रीलाई लेखिएको विज्ञप्ति