काठमाडौं-च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले स्पोर्टिङ लिस्बोनलाई हराएको छ । यसअघिनै अन्तिम १६ मा स्थान पक्का गरिसकेको स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा जित निकाल्ने क्रममा मंगलबार राति घरेलु मैदानमा स्पोर्टिङ लिस्बोनलाई २–० ले हराएको हो ।


ADVERTISEMENT


बार्सिलोनाको जितमा पाको अलकेसरले गोल गरेका थिए । थप गोल स्पोर्टिङका जेरेमी म्याथ्युले आत्मघाती गोल उपहार दिएका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलेको बार्सिलोनाका लागि अलकेसरले ५९ औं मिनेटमा गोल गरे । खेलमा १-० ले पछि परिरहेको स्पोर्टिङका म्याथ्युले इन्जुरी समयका आत्मघाति गोल गरेपछि २-० ले पराजित हुँदै अन्तिम १६ मा पुग्न बञ्चित भयो ।


ADVERTISEMENT

# # #


जितपछि समूह ‘डी’ को विजेता बार्सिलोनाको १४ अंक भयो ।