काठमाडौं – पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।


ADVERTISEMENT


सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोही अनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज २४ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिए पनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको थिएन ।


ADVERTISEMENT

# # #


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्न मूल्य बढाउनुपर्ने सरकारको बाध्यता रहेको बताए ।  गोरखापत्र दैनिकबाट ।