काठमाडौं – अमेरिकी डलरको विनिमय दर निरन्तर बढिरहँदा नेपालले तिर्नुपर्ने बाह्य ऋणमा १९ अर्ब ३७ करोड रुपियाँको दायित्व थपिएको छ । नेपालले बाह्य ऋणबापतको साँवा ब्याज डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलरको भाउ बढ्दा त्यसको असर ऋण भुक्तानीमा देखिएको हो ।


ADVERTISEMENT


सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक ९माघ–चैत०मा मात्रै नेपालले भुक्तानी गर्नुपर्ने ऋणको भार १९ अर्ब ३७ करोड रुपियाँले बढ्ने भएको हो । सो कार्यालयका अनुसार माघदेखि चैतसम्मको अवधिमा मात्र नेपालले एक अर्ब २२ करोड १८ लाख डलर बाह्य ऋण लिएको छ ।


ADVERTISEMENT

# # #


कार्यालयका अनुसार पुस मसान्तमा नेपालले १२ अर्ब २१ करोड रुपियाँ बाह्य ऋण लिएकामा १९ अर्ब ३७ करोड रुपियाँको विनिमय घाटासमेत बेहोरेर ३१ अर्ब ५८ करोड रुपियाँ पुगेको छ ।

त्यसमा नेपालले चार अर्ब १२ करोड रुपियाँ ऋण भुक्तानी गरेकाले समीक्षा अवधिको खुद ऋण २७ अर्ब ४६ करोड रुपियाँ पुगेको कार्यालयको तथ्याङ्कले देखाउँछ । गोरखापत्र दैनिकबाट ।