काठमाडौं – सञ्चानरकर्मी रवि लामिछानेले आज असार ७ गते मंगलबारदेखि सञ्चारकर्म त्यागेको घोषणा गर्दै राजनीतिमा होमिएको घोषणा गर्ने भएका छन् ।


ADVERTISEMENT


केही दिनअघि नै सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएको अनौपचारिक घोषणा गरिसकेको लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दैछन् । लामिछानेको पार्टीकै घोषणा गरेर अघि बढ्ने अथवा कसरी भन्ने बारेमा पनि मंगलबार नै घोषणा गर्नेछन् ।


ADVERTISEMENT

# # #


त्यसका लागि लामिछानेले आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । यसैबीच, लामिछानेले काठमाडौंको बसुन्धारामा आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।

लामिछानेले आगामी मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने जनाए पनि पनि कुन क्षेत्रबाट दिने भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट पारेका छैनन् ।