काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्य देशसंगको कुटनीतिक सम्बन्धमा कार्ड खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूत समूह(आफ्ना) संगको नेपालको वर्तमान सन्दर्भमा नेपालको परराष्ट्रमामिलाबारे जारी अन्तरक्रियामा बोल्दै ओलीले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘छिमेक सम्बन्धमा हामीले कार्ड खेल्न सक्दैनौँ । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौँ । छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौँ ।’


ADVERTISEMENT

# # #


यस्तै, छिमेकी देशप्रति रहेका मतभेदहरू आपसी समन्वय एवम् संवादबाट टुङग्याउनु पर्ने उनको भनाई छ । यस्तै, उनले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादसम्बन्धीको समस्या समेत खुलस्त छलफलबाटै समाधान गरिनुपर्नेमा जोड दिए ।