काठमाडौं-चुनाव विरोधी गतिविधिमा संलग्न १३ जना नेकपाका कार्यकर्तालाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


चुनाव बिथोल्ने तयारी गरेको सुचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सन्धिखर्क नयाँ बसपार्क स्थित घरमा बाकसभित्र कागजले बेरेर राखेको एक थान पेस्तोल सहित नेकपाका जिल्ला सदस्य गोविन्द खनाललाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


उनी सहित ११ जना जिल्लाका विभिन्न ठाउँबाट र जिल्ला इन्चार्ज गंगा ज्ञवाली र कुमार घर्तीलाई बुटवलबाट नियन्त्रणमा लिएको प्रहरी नायक उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

खनालको घरबाट एक थान कटुवा पेस्तोल र सात राउण्ड गोली पनि बरामद गरेको छ । अन्यको समेत खोजीकार्य तीब्र पारिएको कोइरालाले बताए ।