काठमाडौँ– नेकपा एमालेका सांसद भीम रावलले आफूले कुनै पनि हालतमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन्।


ADVERTISEMENT


बुधबार संसदको राज्यका निर्देशक सिद्धान्त, नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै रावलले आफु बरु जेल जाने तर, इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा बोल्दै उनले भने, ‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ। बरू सरकारले एक वर्ष जेल हाल्ने भनेको छ, म एक वर्ष जेल जान तयार छु ।’

सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ ।