काठमाडौँ– काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका तत्कालीन कोषाध्यक्षसमेत रहेका अधिवक्ता रुद्र पोखरेलबीच भएको २ करोड घुस लिने डिलको अडियो बाहिरिएपछि  दुवै जनालाई न्याय परिषद्को बैठक बोलाइएको छ ।


ADVERTISEMENT


अडियो सार्वजनिकपछि कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले बुधवार दुवै जनालाई न्याय परिषद्को बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् । न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलको सो अडियो न्युज २४ टेलिभिजनले मंगलबार साँझ ‘सिधा कुरा जनता’सँग कार्यक्रममा सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


जसमा उनीहरुले ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने सम्बन्धमा २ करोडको डिल गरिएको प्रस्ट सुनिन्छ । अडियो आएपछि बुधबार बिहानैदेखि न्यायाधीश र वकिलहरूबीच यही विषय चर्चामा छ ।

झण्डै १० मिनेट सार्वजनिक अडियोमा अधिवक्ता पोखरेलले यस्तो अवसर फेरि–फेरि नआउने भन्दै न्यायाधीश कोइरालालाई धरौटीमा छोड्ने आदेश दिन सकिने विकल्प सुझाएको सुनिन्छ । यससंगै उनले आफू त्यस्तो वातावरण बनाउन तयार रहेको पनि बताउँछन् । अडियोमा हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि उक्त प्रकरण मिलाउन सहयोगी बन्ने दाबी गरिएको छ ।

जुन अधिवक्ता पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिएको प्रस्ट सुन्न सकिन्छ ।

अडियो सार्वजनिकपछि कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले बुधवार दुवै जनालाई न्याय परिषद्को बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।