भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बराम्ची साना जलविद्युत आयोजनाले ३१ महिनापछि पुन: उत्पादन सुरु भएको छ ।


ADVERTISEMENT


जुगल गाउँपालिका अन्तर्गत साविकको बराम्चीस्थित बराम्ची खोलामा सञ्चालित क्षतिग्रस्त अवस्थामा रहेको सो आयोजनालाई मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT

# # #


भूकम्प, बाढी र पहिरोबाट प्रभावित सो जलविद्युत आयोजना ४ दशमलब २ मेगावाट क्षमताको छ । यसअघि २०७३ साउन ४ गते सञ्चालनमा आएको जलविद्युत आयोजना बराम्ची खोलाको बाढी र पहिरोले वरीपरीका जग्गासहित बगाएपछि ठप्प भएको थियो ।

हाल झण्डै दुईसय ५० मिटर सुरुङ खन्ने तयारी भइरहेको आयोजना प्रमुख एम थापाले बताए । हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भई लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ ।

निजी क्षेत्रको युनिक हाइडेल प्रालिद्वारा निर्माण भएको सो आयोजना लामो समयसम्म बन्द भई पटकपटक मर्मत गर्नु पर्दा करोडौँ घाटा बेहार्नुपरेको आयोजनाले जनाएको छ ।