काठमाडौं-नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदै छ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् ।


ADVERTISEMENT


युएई ६ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकामा पुछारमा छ । पहिलो चार खेल हारी च्याम्पियनसिपको सुरुआत गरेको नेपाल त्यसयता नामिबिया, नेदरल्यान्ड्स, केन्यासँग विजय हात पारेपछि नेपालको शीर्ष चारमा पुग्ने आशा पलाएको थियो । तर हङकङसँगको पछिल्लो हारले नेपाल शीर्ष चारको दौडबाट बाहिरिएको थियो ।


ADVERTISEMENT

# # #


नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ । युएईसँग दुबै खेल जितेमा नेपाल पाँचौं स्थानमा उक्लन सक्छ । अर्को खेल शुक्रबार हुनेछ । शीर्ष चारमा नपरेकाले नेपाल र युएई यसअघि नै डिभिजन २ मा झरिसकेका छन् । डिभिजन २ फेब्रुअरीमा नामिबियामा हुने तालिका रहेको छ ।