काठमाडौँ– पाँच सयभन्दा बढी धार्मिक पर्यटक बोकेको ‘भारत गैरव पर्यटक रेल’ नेपाल आइपुगेको छ । गत मंगलबार नयाँ दिल्लीबाट हिडेको रेल बिहिवार जनकपुर आइपुगेको हो । रेलमा ५०० जना पर्यटकसंगै १४ कोचहरु समेत नेपाल आएका छन् ।


ADVERTISEMENT


पर्यटनमन्त्री प्रेम आले र भारतका रेलमन्त्री अश्विनी वैष्णवले संयुक्त रुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई उद्घाटन गरेको रेल २ दिनमा जनकपुरधाम आइपुगेको हो । सो रेल नेपाल–भारत सर्किट कभर गर्ने पहिलो पर्यटकीय रेल रहेको दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाल भित्रिएको रेललाई स्टेशनमा लर्काे लागेको छ । रेललाई नेपाल एवम् भारतका प्रतिष्ठित व्यक्तित्वहरूले जनकपुरधाम रेलवे स्टेशनमा स्वागत समेत गरेका छन् । वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारले स्वागत गरेको उक्त समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघन महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवलगायतको उपस्थित रहेको थियो जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’, स्टेशनमा स्वागत गर्नेको लर्काे

दूतावासका अनुसार, रेलमा सवार पर्यटकहरूले जानकी मन्दिरको दर्शन गरी त्यहाँ आयाृजना हुने सांस्कृतिक कार्यक्रम हेर्नेछन् । उनीहरु गंगा आरतीमा सहभागी हुँदै बुधवार २०२२मा पर्यटकहरु जनकपुरधाम गई भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जाने बुझिएको छ ।