काठमाडौँ – सनराइज बैंक लिमिटेडले २ अर्ब बराबरको डिबेन्चर जारी गर्ने भएको छ । बैँकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागेको हो ।


ADVERTISEMENT


जसका लागि बैँकले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोही अनुसार बिहीबार एक कार्यक्रमकाबीच सनराइज बैंक र एनआईसी एशिया क्यापिटलबीच सम्झौता भएको छ ।


ADVERTISEMENT

# # #


उक्त ऋणपत्र मध्ये रु. १ अर्ब २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र रु. ८० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैँकले जनाएको छ ।