काठमाडौँ – सांसदहरुले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउन नहुने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


सांसद रामचन्द्र राईले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गरे । सांसद डा. विमला राई पौड्यालले शारीरिक र मानसिकरुपमा स्वास्थ्य हुन विवाह गर्ने उपयुक्त उमेर २० वर्ष उपयुक्त हुने जनाउँदै यसलाई घटाउन नहुने धारणा व्यक्त गरिन् ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत संशोधन, २०७९ पेश गरेका हुन् । त्यस्तै, बैठकले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही असार १२ आइतबार ११ बजे बोलाइएको छ ।