काठमाडौँ – हाल प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रहेको छ।


ADVERTISEMENT


आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


ADVERTISEMENT

# # #


आज राति देशभर सामान्य बदली रहनेछ । पहाडी भू-भागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सूदुरपश्चिम भूभागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।