काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महिला हिंसाका चर्चित मुद्दाहरूमा आफ्नो पार्टीको महिला संगठनले सक्रियता देखाउन नसकेको गुनासो गरेका छन् । उनले यस्ता मुद्दा आउनासाथ पत्रकार सम्मेलन गर्नेदेखि रत्नपार्कमा जुलुस निकाल्नेसम्मका गतिविधि गर्न महिला नेतृहरूलाई सुझाव दिए ।


ADVERTISEMENT


पार्टीनिकट महिला संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेपालले भने, ‘यत्रो महिला हिंसाको इस्यूमा तपाईँहरू सडकमा कतै देखिनुभएन । तपाईँहरू व्यानर लिएर सडकमा उत्रिनुपर्थ्यो । मन्त्रीकहाँ डेलिगेसन जानुपर्थ्यो । पत्रकार सम्मेलन गर्नुपर्थ्यो । मण्डला र रत्नपार्कमा जुलुस निकाल्नुपर्थ्यो । तर, तपाईँहरूले केही गर्नुभएन ।’


ADVERTISEMENT

# # #


नेपालले भित्रभित्र भावना उम्लिए पनि त्यसलाई बाहिर नपोख्दासम्म अर्थ नहुने बताए । ‘कोही महिलामाथि हिंसा हुँदा आफूमाथि भएको सम्झेर विरोध गर्नुपर्छ । न्यायको आवाज उठाउनुपर्छ परिवारका सदस्यलाई भेटेर सान्त्वना र साथ दिनुपर्छ,’ नेपालले सिकाउँदै भने ।