काठमाडौँ – टाटा मोटर्सको लोकप्रिय बिद्युतिय गाडी टियागो इभीको मूल्यमा परिमार्जन भई नयाँ मूल्य सार्वजनिक भएको छ । टियागो इभीको सबै मोडलहरुमा एक लाखले मूल्य वृद्धि भएको छ ।


ADVERTISEMENT


अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य रु २,७४९,००० हुनेछ । नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण रु २.५ लाख देखि ३ लाखसम्म मूल्य बढ्ने भएपनी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टाटा मोटर्स लिमिटेडको सहकार्यमा मूल्य धेरै बढदा ग्राहकहरुलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्युनतम वृद्धि गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


कम्पनीको अनुसार अहिले टियागो इभी किन्न सोचिरहेको ग्राहकहरुलाई सिमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । हालसम्म यस गाडीका २,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भईरहेको कम्पनीले जानकारी गराएको छ ।

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ । दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।