काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्री झाँक्रीले राजीनामा घोषणा गरेकी हुन् ।


ADVERTISEMENT


सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय अनुसार उनले राजीनामा दिएकी हुन् । लामो समय भावुक बनेकी उनले मिडियाबाटै पार्टीले मन्त्रीपरिर्वतन गर्ने जानकारी पाएकाले पनि यसबारे प्रधानमन्त्री शेर बहादुर देउवासंग छलफल गरेको जानकारी दिइन् । पार्टी फिर्ता लिने कुरालाई कार्यान्वयन गर्ने कुरा भएपनि बजेट पारित गर्नका लागि अहिलेसम्म पदमा रहेको उनले बताइन् ।


ADVERTISEMENT

# # #


मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले झाँक्रीको कार्यकालमा भएका कामका बारेमा जानकारी गराएका थिए ।

अघिल्लो वर्षको असोज २२ गते सहरी विकासमन्त्रीको रुपमा पदबहाली गरेकी मन्त्री झाँक्री झण्डै ९ महिना सरकारमा रहेर विदा भएकी छन् ।