काठमाडौँ – संस्कृति, पर्यटन एवम् नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । आइतबार मन्त्रालयका पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको औपचारिक छोटो अवधिमा आफूले देश र जनताको हितमा राम्रो काम गरेको बताएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘मलाई यदि कसैले तपाईंका कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्नुभयो भने मेरो उत्तर हुने छ । झण्डै ९० महिना मैँले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु । बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।’


ADVERTISEMENT

# # #


तेस्रो पटक मन्त्रीका हैसियतमा पर्यटन मन्त्रालय सम्हाल्दा देश तथा विदेशमा रहेका नेपालीहरुले आफूलाई एक्सनमन्त्रीको उपमा दिएको र त्यसले आफूलाई सँधै उर्जा दिएको उनले बताए ।

कागजमा मात्रै काम गरेको देखाउनेहरुलाई आफूले कडा निगरानी गरेको बताए । उनले भने, ‘मैँले सँधै पिँधमा भन्दा टाकुरामा बसेकाहरुलाई निगरानी गरिरहेँ । छलछलाम गर्नेहरुलाई कारबाही गरेको यहाँहरुले थाहा पाउनु नै भयो होला ।’

उनले नेपाल वायुसेना निगम, नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला, क्यासिनाको बक्यौता असुल उपर, हवाईजहाज र हेलिकोप्टरहरुलाई पछिल्लो संघीय संरचना अनुसार स्थानान्तरण लगायतका विषय काम गर्दा अदृश्य शक्तिकेन्द्रबाट दर्जनौँ पटक दबाब तथा आर्थिक प्रलोभन आए पनि त्यसलाई लत्याउँदै देशको हितमा काम गरेको बताए ।

यस्तै उनले सर्वसाधारणका हैसियतमा त्रिभुवन विमानस्थलमा श्रमबजारमा जानेहरुका लागि आमनेपालीका लागि स्थापना गरेको भीभीआईपी कक्ष र दोस्रो अन्तर्राष्ट्रि विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनालाई आफूले सँधै सम्झिरहने बताए ।

उनले भने, ‘मेरो दुईटा बोली कहिल्यै भएन । काम गर्ने सिलसिलामा कतै बोल्न नजानेको भए त्यो मेरो नियत थियो भनेर नठान्नु होला । त्यस्ता धुटीप्रति म सचेत छु र रहिरहनेछु ।’