काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । आइतबार एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका ४ जना मन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्री देउवासिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डलपुनर्गठन गरेकी हुन् ।


ADVERTISEMENT


उनले एकीकृत समाजवादीले नाम पठाएका ४ जनालाई मन्त्री र १ जनालाई राज्यमा नियुक्त गरेकी छन् । जस अनुसार जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।


ADVERTISEMENT

# # #


एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । तर, बजेट पास हुन बाँकी रहेको भन्दै प्रधानमन्त्री  देउवाले मन्त्रिपरिषद् हेरफेरमा आलटाल गर्दै आएका थिए ।

आइतबार सरकारबाट फिर्ता बोलाउने निर्णयमा परेका मन्त्रीहरुले राजीना दिएसँगै देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।