काठमाडौँ– यूएईमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको युएईसंगको खेलमा नेपालले चारविकेट गुमाएको छ । आरिफ सेख शुन्य रनमा भएका हुन् । उनले ७ बलको सामना गरेका थिए ।


ADVERTISEMENT


युएईको अवुधावी स्थित शेख जायेद रंगशालामामा जारी खेलमा नेपालका लागि पहिलो विकेटमा दिलिप नाथलाई गुमाएको नेपालले दोस्रो विकेटमा ज्ञानेन्द्र लाई गुमाएकोे थियो ।


ADVERTISEMENT

# # #


दिलिप नाथ १६ रन बनाएर आउट भएका थिए । ३९ बल खेलेका उनले एक चौका प्रहार गरे । अर्धशतक पूरा गरेका ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका थिए । मल्लले ८३ बलको सामना गरी ६ चौका प्रहार गरे । यसै गरी कप्तान पारस खड्काले २० रन बनाएका थिए ।

नेपाल अहिले ३६.४ ओभरमा तीन विकेट गुमाएर १२८ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले सरद भेषवाकर र विनोद भण्डारी छन् ।