काठमाडौं – राप्रपाको केन्द्रीय प्रशिक्षण विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको अबको कार्यनीति विषयमा प्रशिक्षण दिएको राप्रपा केन्द्रीय कार्यालयले जनाएको छ। सातवटै प्रदेशबाट गरी ४० जनाको सहभागिता रहेको प्रशिक्षणका प्रशिक्षार्थीलाई अध्यक्ष लिङ्देनले प्रमाणपत्र वितरण गरेका थिए।


ADVERTISEMENT


यस्तै, पार्टीका सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्य डा राजेश गिरी, आइटी विज्ञ विप्लव मान सिंह, मोटिभेसनल स्पिकर रविन कटुवालले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए।


ADVERTISEMENT

# # #


समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्न पालिका र वडा तहसम्म प्रशिक्षण सञ्चालन गर्न निर्देशन दिए।

उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले प्रशिक्षक प्रशिक्षणबाट तयार भएका प्रशिक्षकलाई निकट भविष्यमा सबै तहमा हुने प्रशिक्षणका लागि खटाइने जानकारी दिए।