नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन् । सो क्रममा उनले शहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।। पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिवद्धता जनाए ।


ADVERTISEMENT

# # #


उनले आफुले सबैसंग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अवधिमा नजिता देखिने गरी काम गर्ने पनि बताए । उनले भने, ‘पूरानाहरु जाने, नयाँहरु आउने, यो एउटा प्रक्रिया हो । मैँले पाँच महिनापछि छोड्नुपर्छ र अर्को साथी मन्त्री भएर आउनुहुन्छ । त्यसकारण यसलाई म एउटा सामान्य प्रक्रियाका रुपमा लिन्छु ।’

उनले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा इमान्दारितापूर्वक आफ्नो ध्यान रहने धारणा राखे । उनले आफू ३–४ सय किलोमिटर प्रतिघण्टाको गतिको कुद्ने मोटरसाइकल जसरी काम गर्ने दाबी गरे ।

उनले भने, ‘मोटरसाइकल भनेको एउटा हिरो होन्डा पनि हुन्छ, अर्को पनि हुन्छ । तर, हिरो होन्डाको गति ४५–६० किलोमिटर प्रतिघण्टा हुन्छ भने अर्कोको लभगभ ३–४ सय किलोमिटर प्रतिघण्टासम्म कुद्न सक्छ । त्यसैले यो ६ वा ७ महिनाको अवधिमा मेरो आफ्नो स्पिड इमान्दारितापूर्वक नेपाल सरकारको नीतिसँग नबाझिने गरी मैँले मेरो क्रियाकलाप सम्पादन गर्नेछु ।’