काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावका बिषयमा भएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने बताएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन गरी तयार पारिएका प्रतिवेदनहरुलाई कार्ययोजनाकै ढंगले लैजाने भन्दै सो सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् । त्यस्तै उनले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि अघि बढाउने निर्णयमा पनि हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्र नराम्ररी प्रभाजित भएको र त्यसको असर अर्थतन्त्रलाई पनि प्रभावित बनाएकाले मन्त्रालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताए । पर्यटन क्षेत्रलाई चलायमान बनाउने कामलाई उच्च प्राथमिकता दिने उनको भनाई छ ।

उनले सवै कर्मचारी लगाएतको साथ लिदैं कार्यसम्पादनलाई अघि बढाउने धारणा राखे ।